Home » समाचार » शिवाकोटीको मृत्यु , (हत्या कि डुबेर मृत्यु)

शिवाकोटीको मृत्यु , (हत्या कि डुबेर मृत्यु)

 झापा,१० कात्तिक। झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्युशिवाकोटीको मृत्युगर्न माग गर्दै निकालिएको र्‍यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू,

२४ असोज, झापा । विजया दशमीको दिन विहानै फुपूको छोरालाई विदेशबाट आएको जुत्ता लिन गएका थिए अर्जुनधारा-११, तीनपैनीका लक्ष्मण शिवाकोटी । तर, दिनभर बाटो हेर्दा पनि  फर्किएनन् । भोलिपल्ट विहान घरबाट ६ किलोमिटर टाढा बिर्तामोड-१ को बैशावाडीमा पानीमा डुबेको अवस्थामा शव भेटियो । हत्याको आरोपमा ३ पक्राउ,परिवारका सदस्यहरुका अनुसार फुपूका छोरा १२ वर्षीय मनिष थापाको जुत्ता लिन भनेर घरबाट निस्किएका  लक्ष्मण । दुई जना साइकलमा चढेर बिर्तामोड-५ मा रहेको सुधिर पोखरेलको घरमा गएका, जसको माध्यमबाट मनिषका बुवाले विदेशबाट छोरालाई जुत्ता पठाइदिनुभएको थियो ।

अपराहृनसम्म पनि नफर्किएपछि परिवारका सदस्यको मनमा चिसो पस्यो । हतारहतार पोखरेलको घर पुगदा तर, ढोकामा ताल्चा थियो । उनीहरु स-परिवार गोल्धाव टीका लगाउन गएका रहेछन् ।  जब राति ९ बजे पोखरेलको घरको ढोका खुल्यो, तब शिवाकोटी परिवारले लक्ष्मण दिउँसै घर गएको खबर पायो । विहान खाल्डोको पानीमा भासिएको अवस्थामा बालकको शव भेटियो । हात, टाउको र अण्डकोषमा चोट देखियो । त्यसलाई आधार मान्दै परिवारले लक्ष्मणको हत्या भएको दाबी गर्दै पोखरेल परिवारका ८ सदस्यबिरुद्ध किटानी जाहेरी दियो र अहिले तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ३६ वर्षीय सन्तोष पोखरेल, ३४ वर्षीय समिर पोखरेल र ३२ वर्षीय सुधिर पोखरेल रहेको स्रोतले जनाएको छ । किटानी जाहेरीमा परेका अन्यमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइन्छ । प्रहरीद्वारा लाठी चार्ज ! प्रहरीले घटनाको सत्यतथ्य छानबिनमा उदासिनता देखाइरहेको आरोप शिवाकोटी परिवारले लगाएको  । ‘प्रहरीले त हाम्रो किटानी जाहेरी नै लिन मानेको थिएन,’ लक्ष्मणका काका विष्णुप्रसाद शिवाकोटीले भन्नुभयो,४ घण्टासम्म किटानी जाहेरी गर्न मानेन । त्यसको लागि पनि हामीले नाराबाजी नै गर्नुपर्‍यो ।’

राजनीतिक संरक्षणका कारण प्रहरीले अनुसन्धानमा चासो नदेखाएको शिवाकोटी परिवारको आरोप छ । लक्ष्मणको हत्या भएको भन्दै दोषीमाथि कारबाही गरिनु पर्ने मागसहित दैनिकजसो बिर्तामोड र अर्जुनधारामा र्‍याली जुलुस पनि निस्किइरहेको छ । सोमबार निस्किएको जुलुसबाट भएको विवादलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज नै गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड नजिकै पोखरेल परिवारका एक सदस्यलाई जुलुसमा सहभागीले देखेपछि घम्साघम्सी सुरु भएको थियो ।

त्यस क्रममा प्रहरीको लाठीचार्जबाट ४ जना घाइते भएको जुलुसमा सहभागी नगेन्द्र सापकोटाले बताउनुभयो । ‘न्याय माग्दै हिँडेको हामी जस्तालाई प्रहरीले लाठीचार्ज गर्छ’, उहाले आक्रोश व्यक्त गरनुभयो । घटनाको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय, बिर्तामोड प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले खाल्डोमा रहेको शवलाई माछा वा अन्य कुनै कुराले खाएकाले त्यो चोट भएको हुन सक्ने, अहिले उहा खुलेर कुरा गर्न तयार हुनुहुदैन। लक्ष्मणको शवलाई पोष्टमार्टमका लागि सुुरुमा अञ्चल अस्पताल भद्रपुर लगिएको थियो । तर, त्यहाँ नभएपछि धरान पठाइएको थियो र ‘अन आइडिन्टिफाइड’ रिपोर्ट आएको विष्टले बताउनुभयो ।

मृत्युको कारण नखुलेपछि डायटोम र टेक्सोलोजी परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा नमूना पठाइएको छ । प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको उहाँले दाबी गरनुभयो । पोखरेल र शिवाकोटी परिवारको दुई थरी बयान, शिवाकोटी परिवारको भनाइअनुसार पोखरेलको घरमा विदेशबाट ल्याइदिएको खेलौना हेलिकप्टर खेल्न थाले । त्यही क्रममा लक्ष्मण ठोक्किए र बेहोस भए । त्यही क्रममा उनको मृत्यु भयो । तर, अस्पताल लानु पर्ने समयमा घटनालाई लुकाउन खोजियो र, भौडीमा बच्चालाई हालियो । उता, पोखरेल परिवारको भनाइ भने फरक छ । जुत्ता लिएर आएका लक्ष्मणले पोखरेलको घरमा रहेका १० वर्षीय साहिल पोखरेलसहित मनिषलाई पनि पौडी खेल्न जाउँ भनि अनुरोध गरे । उनीहरु त्यो भौडीतिर गए ।

मनिषले ‘पौडी खेल्न जाउँ, रमाइलो हुन्छ’ भनेर भनेपछि तीनै जना पौडी खेल्न गएको पोखरेल परिवार बताउँछ । त्यसपछि त्यहाँ तीनै जनाले नुहाए, चप्पल फ्यालाफ्याल गरेर खेलिरहे । त्यही क्रममा उनीहरु गहिरो ठाउँमा पुगे । लक्ष्मणको खुट्टा भासियो । साहिलले मनिषलाई ताने । मनिषले लक्ष्मणलाई ताने । तर, लक्ष्मणलाई निकाल्न सकेनन् । यद्यपि, घर आएर त्यो कुरा सुनाउने आँट गरेनन् । एकैपटक बिहान मात्र त्यो घटना सार्वजनिक भएपछि पोखरेल परिवारले सबै कुरा थाहा पाएको उनीहरुको दाबी छ । पोखरेल परिवारको होटल छ । टीकाको दिन सिङ्गो परिवार मिठाई बनाउन व्यस्त भएको एक सदस्यले बताइयो।

 

 

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...