काठमाडौं, १० कात्तिक। निर्वाचन आयोगले राजधानीको पाँचतारे होटेलमा चुनावको सुरक्षाबारे चारैवटा सुरक्षा निकायलाई तालिम आयोजना गरेको छ । राजधानीको होटल याक एण्ड यतीमा शुक्रबार विहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई तालिम आयोजना गरिएको हो ।

निर्वाचन स्थलमा मतपत्रको सुरक्षा कसरी गर्ने भनेर तालिम दिइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिन्नुभयो । ‘चुनावमा बुथ कब्जा हुने, मतपत्र च्यातिने, लुटिने लगायतका सम्भावित घटना कसरी रोक्ने भनेर तालिम दिइने छ,’ प्रवक्ता ढकालले भन्नुभयो।

निर्वाचनको सुरक्षाका लागि सरकाले तीन वटा सुरक्षा घेरा बनाएको छ । सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी र सबैभन्दा भित्री घेरामा नेपाल प्रहरीलाई खटाइने छ । त्यसका साथसाथै म्यादी प्रहरी र अनुसन्धान विभागको टोली पनि परिचालित हुनेछन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *