काठमाडौं,१० कात्तिक। काठमाडौंको बसुन्धरामा बुधबार बसको ठक्करबाट गम्भीर घाइते भएका एक जना व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीका  ३० वर्षीय टेकबहादुर माझी रहेको ।

स्वयम्भू यातायातको बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका   माझीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका अन्य २ जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । बस र चालक प्रहरीको नियन्त्रणमा लिएको ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *