काठमाडौं, १० कात्तिक। यस वर्षको छठ पर्व सम्पन्न भएको छ । बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिएको हो । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ । बिहीबार दिनभर व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले शुक्रबार बिहानै अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

काठमाडौ. उपत्यकासहित तराई मधेसका जिल्लाहरुमा नदी, तलाउ, पोखरीमा भेला भएर सूर्यलाई अर्घ दिनेहरुको चहलपहल छ । काठमाडौंका बिभिन्न नदी र पोखरीमा भेला भएर शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएकाहरुको तस्वीर हेर्नुहोस् ।

 

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *