काठमाडौं,१० कात्तिक। धादिङको धुनीबेसी नगरपालिका–९ स्थित खानीखोलामा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ गइरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेकाे बा८२प ७७९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाएकाकाे सनाखत हुन नसकेको खानीखोला प्रहरीले जनाएको छ । बिहान ८ः३० बजे भएको दुर्घटनाको कारण नखुलेको र यसबारे थप अुसन्धान भइरहेको खानीखोला प्रहरीले जनाएको छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *