मोरङ, ९ कात्तिक । मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये तीन महिला छन् । कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ ।

कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेसज्ञ डा रोशन पोखरेलले भन्नुभयो “कारागारका मानसिक रोगी उपचारका लागि यहाँ आउन त आइरहन्छन् तर संख्या यति हो भन्ने यकिन छैन ।” ती मानसिक रोगीमा झोक्र्याउने, त्रसिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उहाँले बताउनुभयो । चार सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा .अहिले ७५५ कैदीबन्दी छन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *