Home » समाचार » बराहताल संरक्षणको पर्खाइमा

बराहताल संरक्षणको पर्खाइमा

 बेनी, म्याग्दी,९ कात्तिक । धौलागिरि हिमालको प्रतिविम्ब (फोटो) स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ ।साविक निस्कोट गाविस— ९ मा पर्ने तथा निस्कोट गाउँको शिरानमा रहेको बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा रहेको हो ।त्यहाँबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जन बढी मनोरम हिमशृंखलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।

तालनजिकै एउटा तामाको घैंटो (चिन्नो) पनि रहेको छ ।करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । समुद्री सतहदेखि झण्डै दुई हजार २०० मिटरको उचाइमा अवस्थित रहेको ताल र तालको आसपासबाट विभिन्न हिमशृंखला देखिन्छ । घना वनजंगल र केही गाउँवस्तीको बीचमा रहेको तालमा वनजंगल र हिमालको प्रतिविम्ब ९छाँया० निक्कै आकर्षक अनि मनमोहक देखिन्छ । स्थानीयका अनुसार ताल झण्डै २० मिटरभन्दा बढी गहिरो छ ।

पर्यटकीय महत्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण गरेको जनाएको छ ।यसैगरी चालु आवमा निस्कोट गाउँदेखि बराहतालसम्म पुग्नका लागि पर्यटन पदमार्ग निर्माण तथा तालको संरक्षणलगायत आवश्यक कार्यक्रम गर्न रु पाँच लाख बजेट विनियोजन गरिएको मालिका–१ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले बताउनुभयो ।

वनजंगलको बीच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पनि पातपतिङ्गर नभएको र बिहान सबैरै दुई वटा जलहाँस जलक्रिडा गर्न आउने तालको विशेषता भएको सचिव उपाध्यायको भनाइ छ । तालको उचित संरक्षण र विकास तथा प्रचारप्रसार गर्न सकेको खण्डमा निस्कोट गाउँमा हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकसमेत भित्र्याउन सकिने प्रशस्तै सम्भावना रहेको स्थानीय बताउँछन् ।

बागलुङको ताराखोला धुरी जोडिने पर्यटन रुटमा पर्ने तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने वडा सदस्य दिलकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार तालको विकास सँगसँगै निस्कोट गाउँको शिरमा भ्यु–टावरको निर्माण गर्न सकिने सम्भावना पनि रहेको छ । त्यहाँबाट छिमेकी ओखरबोट, रुमलगायत अन्य गाउँको आकर्षक र मनमोहक दृश्य देखिने हुँदा भ्युटावर बनाउनुपर्ने उहाँको भनाइ छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला ...