झापा,९ कात्तिक। झापाको बुद्धशान्ति गाउँपालिका-४, बर्नेमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार मेची नगरपालिका-१२ का १९ वर्षीय रेवत सेवा छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका रेवतको बिर्तामोडको विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बिर्तामोडबाट इलाम जाँदै गरेको मे १ ख १९७६ नम्बरको ट्रकले इलामबाट झापा आउँदै गरेको मे ४ प ९१४८ नम्बरको स्कुटरलाई राति ८ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *