चितवन,९ कात्तिक। पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

खैरहनीको कठारस्थित भित्री सडकमा ना १३ प २८९७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाकारीदिनुभएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने स्थानीय सञ्जय चौधरी र साइकल चालक १९ वर्षीय साउना राउत घाइते भएको र उनीहरु कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाकारीदिनुभएको छ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *