काठमाडौं,८ कात्तिक । तिहारको मेसोमा जन्मथलो जुम्ला पुगेका युवाहरु बेग्लै धपेडीमा थिए । उनीहरु देउसी भैलो छाडेर विज्ञान-प्रविधि प्रदर्शनीमा जुटे ।
खासगरी उच्च शिक्षाका क्रममा जिल्लाबाहिर गएका विद्यार्थीहरुले यस्तो मेलोमेसो मिलाएका थिए । उनीहरुलाई हातेमालो गर्न भने स्थानीय कर्णाली युथ क्लबले सहयोग गरेको थियो ।विकास-निर्माणमा पछौटे भनिएका जुम्ली युवाहरु आफैले बनाएका विभिन्न उपकरण प्रदर्शन गरेर आगन्तुकलाई लोभ्याइरहेका थिए ।

प्रदर्शनीको खास बिशेषता भनेको,जुम्ला जिल्लाकै भौतिक विकास र निर्माणलाई कसरी व्यवस्थापन गर्ने भनेर नमूना प्रविधिहरु प्रस्तुत गरिएको थियो । जुम्ला जिल्लालाई रिङरोडले जोडेको परिकल्पना गर्दै बनाइएको प्रोजेक्टमा धेरैको आकर्षण देखिए । जुम्लाको सबै ग्रामीण क्षेत्र जोड्ने सडक सञ्जाललाई नमूनाको रुपमा पेश गर्दै युवाहरुले त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा समेत सुझाएका थिए ।

जुम्लाको जुगाड खोलाको ढल इन्जिनियरिङ तरिकाबाट कसरी व्यवस्थि तगर्न सकिन्छ भन्ने समेत उनीहरुले देखाएका थिए । त्यस्तै जुम्लाको गुठीचौरलाई पर्यटन गन्तव्य बनाउने सम्भाव्यता खोतल्दै नमूना पर्यटकीय स्थल प्रदर्शन गरिएको थियो । मेलामा कृषि उपकरण, विद्युतिय उपकरण, स्वास्थ्यसँग सम्बन्धित उपकरणको नमूना प्रस्तुत गरिएको थियो । स्थानीय विद्यार्थीले बनाएको भुँइ सफा गर्ने रोबर्ट, अटोमेटिक स्टि्रट लाईट, सोलारबाट खसीको उन काट्ने उपकरण आदि प्रदर्शन गरिएका थिए ।

भुकम्प प्रतिरोधी घर कसरी बनाउने, बोत्तलमा कसरी खेती गर्ने, थोपा सिंचाई प्रविधि कसरी गर्ने भन्ने जस्ता कुरा पनि प्रदर्शनीमा देखाइएको ज्ञानी बुढा क्षेत्रीले बताए ।प्रदर्शनीमा कागजबाट उपयोगी बस्तु बनाउने सीप सिकाएका थिए स्थानीय कनिका निशा स्कुलका विद्यार्थीले । सोही मेसोमा जुम्लामा लोप हुन लागेको पञ्चे बाजा र मागल देखाइएको थियो ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *