सुर्खेत,८ कात्तिक । कात्तिक ३ गते जिल्लाको सिम्तामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । दुर्घटनामा घाइते भएका १९ वर्षीय फस्टराम नकालको भारतको लखनउमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी पश्चिम रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का स्थायीबासिन्दा थिए ।

जाजरकोटबाट सुर्खेत आउँदै गरेको मे१ख७२२ नम्बरको बस कात्तिक ३ गते सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा १ सय मिटर भेरी किनारमा खसेको थियो ।दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।२०७४ कार्तिक ८ गते ९:५७ मा प्रकाशित

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *