सुर्खेत, ८ कात्तिक। भौगोलिक हिसाबले विकट र सानो मानिएको सुर्खेतको चिंगाड गाउँपालिकाको वडा नम्बर २ जितेजुवामा पहिलोपटक बस पुगेको छ । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी समितिको ना४ख ७१४८ नम्बरको बस पहिलोपटक वीरेन्द्रनगरदेखि रानीबासको जितेजुवासम्म पुगेको हो ।

बस संचालनमा आएसँगै घन्टौं हिँडेर मटेला, धरमपोखरा, अबलचिङ पुग्नुपर्ने बाध्यता टरेको भन्दै स्थानीय हर्षित भएका छन् । पहिलोपटक बस सञ्चालनमा आएपछि वडा नम्बर २ का अध्यक्ष बुँदे खत्रीसहित स्थानीय नागरिकले गाडी चालक लोकप्रसाद आचार्य र बसलाई फुलमालासँगै अविरले स्वागत गरेका थिए ।

अब दैनिक बिहान ८ बजे वीरेन्द्रनगरदेखि जितेजुवासम्म बस संचालन हुने त्यहाँबाट स्थानीय दुर्गाबहादुर थापाले जानकारी दिन्नुभयो । उहाँको अनुसार, जितेजुबासम्म बस सञ्चालनमा आएसँगै चिंगाड गाउँपालिकाका बासिन्दालाई मात्रै नभई सिम्ता गाउँपालिकाका घोरेटा, काफलकोटलगायतका स्थानीयलाई पनि यात्रा गर्न सहज हुने भएको छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *