पेनाङ, ७ कार्तिक। ८ जनाको ज्यान जानेगरी आज बिहान मलेसियाको पेनाङ शहरमा भएको दुर्घटनामा नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । अनलाइनखबरसँग कुरा गर्दै दूतावासका दृतिय सचिव प्रेमराज गौतमले भन्नुभयो – नेपाली कामदार बोकेको बस पनि दुर्घटनामा परेको भन्ने खवर आएको छ, तर नेपाली कामदारको ज्यान गएको पुष्टी भएको छैन् ।

घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरी अधिकारीहरुसँग समन्वय भइरहेको उहाँले जनाकारी दिनुभयो । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ । मृत्युहरु महिला कामदार रहेको बताइएपनि उनीहरुको राष्ट्रियता भने अहिलेसम्म खुलाइएको छैन् ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *