बेइजिङ,७ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना कद उँचो बनाउनु भएको छ, पार्टीमा आफ्नो पकड मजबुत बनाउनु भएको छ । कम्युनिस्ट पार्टीको विधानमा आफ्नो नाम र राजनीतिक विचारधारा संलग्न गराउन उहाँलाई सफलता मिलेको छ ।

दुई दशकयताको निर्णायक बैठकको अन्त्यमा ‘चिनियाँ प्रकृतिको समाजवादमा सी जिनपिङको विचारधारा’ एकमतले पारित भएको छ । र, त्यसलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाइएको छ ।  सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गर्ने माओत्से तुङ र र सर्वोच्च नेता देङ सियाओ पिङको समकक्षमा उभिनुभएको छ, अहिले । देङ नै त्यस्ता नेता हुनुहुन्थ्यो, जसलाई विश्व रंगमञ्चमा चीनलाई खुला गर्ने नीति लिनुभएको थियो ।

सीभन्दा अगाडिका दुई राष्ट्रपतिहरु जियाङ जेमिन र हु जिनताओले अहिलेजस्तो आफ्नो विचारधारालाई पार्टी विधानमा उल्लेख गराउने प्रयास गरेका थिएनन् । यसरी पारित भयो सीको ‘नयाँ युग’चिनियाँ प्रकृतिको समाजवाद चीनमा ग्रहण गरिएको मार्क्सवादको लामो अभ्यासबारे व्याख्या गर्छ । र, त्यसबाट चीनले मार्क्सवादलाई कसरी उपयोग गर्‍यो भन्ने खुलाउँछ । देङ सियाओ पिङले परिकल्पना गरेको ‘आर्थिक विकासको मार्ग’सँग गाँसिन्छ, राष्ट्रपति सीको अवधारणा ।

तथापि, राष्ट्रपति सीको नयाँ चक्रका पछाडि केही सम्झौता छिपेका छन् । हङकङस्थित चिनियाँ विश्वविद्यालयका प्राध्यापक विल्ली लामको बुझाइमा यो कम्युनिस्ट पार्टीमाथि पूर्ण नियन्त्रण गर्ने कदम हो । र, यसमा चिनियाँ जीवनको इन्टरनेट युग पनि गाँसिन्छ । विश्वव्यापी हिसाबमा चीनलाई महाशक्तिको दिशामा अगाडि बढाउने प्रकृतिका नियम, कानुन निर्माणमा राष्ट्रपति सीको ध्यान केन्द्रित हुने आकलन गर्न सकिन्छ । ‘राष्ट्रपति सीले सहायताको संस्थागत ग्यारेन्टी प्राप्त गरेका छन् । स्वास्थ्यले साथ दिएसम्मउहाँ  शक्तिमा रहिरहन सक्षम हुनुभएको छ पक लाम लामा भन्नु हुनुछ यस्तो लाग्छ, चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महासभामार्फत् राष्ट्रपति सी घरेलु र अन्तर्राष्ट्रिय मञ्चमा यसअघिभन्दा शक्तिशाली बनेका छन् ।

घरेलु मुद्दामा राष्ट्रपछि सीले भ्रष्टाचारविरुद्ध अभियानमार्फत् धेरै वरिष्ठ नेताहरुको तेजोबध गरिसकेका छन् । उन्मुक्त वक्तव्यबाजीहरु माथि अभूतपूर्व कारवाही चलाइएको छ । र, २० लाखको नफ्रीमा रहेको जनमुक्ति सेनाको व्यापक पुनर्संरचना गरिएको छ, जो विश्वको सबैभन्दा ठूलो लडाकु दस्ता पनि हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिक्त छाडेको विश्वव्यापी नेतृत्वको स्थान चिनियाँ समकक्षीले कसरी हासिल गर्छन् भन्ने हेर्न बाँकी छ । ग्रेट हल अफ दी पिपुलमा सम्पन्न पार्टी महासभामा सहभागी २२ सयभन्दा बढी प्रतिनिधिले ताली बजाउँदै राष्ट्रपति सीको अवधारणा विधानमा उल्लेख गर्ने प्रस्तावलाई एकमतले पारित गरे ।

पार्टी महासभा उद्घाटन क्रममा राष्ट्रपति सीले बारम्बार चिनियाँ प्रकृतिको समाजवादी नयाँ युगको बारम्बार वकालत गरेका थिए । र, मुलुकको व्यापक दृष्टि, जहाँ चीनको विस्तारित पहुँच र महशुस हुनेगरिको उपस्थितिमा जोड दिएका थिए । राष्ट्रपति सीको घोषणा थियो, अब चीन संसारको केन्द्रमा रहनेछ । प्राध्यापक लामको विश्लेषणमा राष्ट्रपति सीको दर्शनले महाशक्ति बन्ने मार्गमा अगाडि बढ्न विश्वव्यापी मामिलामा नियम स्थापित गराउने भूमिका दिलाउन सक्छ । र, घरेलु मुद्दामा पार्टी मात्र होइन, चिनियाँ जीवन नै नियन्त्रणमा राख्ने उद्देश्य उहाँको देखिन्छ ।

प्राध्यापक लाम भन्छन्, ‘तर, यसले फेरि एक व्यक्तिको शासनको वकालत गर्छ, जुन प्रतिगामी कदम हो ।’ ‘नयाँ युग’ वाक्यांश चिनियाँ युवाबीच लोकप्रिय बनेको छ । तिनैमध्येका एक हुन् २४ वर्षे फोटोग्राफर सन योङकाङ । उहाँको विश्वास छ, राष्ट्रपति सी विकासको नयाँ मोडेल खोल्दैछन् । केही यस्ता विश्लेषक पनि छन्, जो राष्ट्रपति सीको नजर सन् २०२२ मा केन्द्रित रहेको ठान्नुहुन्छ। उनका पूर्ववर्ती राष्ट्रपतिद्वयले अनुसरण गरेको पथ राष्ट्रपतिले सीले पहिल्याउलान् कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शैली अपनाउलान् भन्ने कुरामा ती विश्लेषकको द्विविधा झल्किन्छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *