विराटनगर, ७ कात्तिक। मोरङ प्रहरीले गएराती विराटनगरबाट चार जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर-११ पिचराबाट नारायण शाक्यको घरमा जुवा खेलिरहेको अवस्थामा पोषण सहनी, दिलिप साह, बर्मा सहनी, महेन्द्र सहनी र श्याम साहलाई पक्रेको हो ।

जुवा खालबाट १ लाख ४८ हजार २ सय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीहरुलाई म्याथ थप गरी जुवा ऐन अन्तर्गत कारबाही गर्ने प्रहरीको तयारी छ । तर, प्रहरीले विशिष्ट व्यक्तिहरुसमेत फेला पर्ने ठूला खालबाट पक्राउ पर्नेहरुको नाम भने लुकाउने गरेको छ ।

प्रहरीकै सूचनामा भाग्छन् जुवाडे;  जुवाडेको खालमा छापा मार्नुभन्दा अगाडि नै प्रहरीबाटै सूचना पुग्ने गरेकाले विगतका वर्ष जस्तै यसपालिको दशैं तिहारमा पनि पेशेवर जुवाडे प्रहरीको फन्दाबाट उम्कन सफल भएका छन् । चाडपर्वको समयमा जुवाजन्य गतिविधि बढेको भन्दै मोरङ प्रहरीले जुवाडे पक्राउ अभियान तीव्र बनाएको थियो । तर, घुमुवा प्रहरीले सूचना चुहाउँदा छापा मार्न पुग्नु अघि नै धेरैजसो जुवाडेहरु भाग्न सफल भएका छन् ।

पेशेवर जुवाडेले दिएको पैसाको प्रभोलनमा परी प्रहरीले नै सूचना चुहाइदिँदा जुवाको ठूलो खालबाट जुवाडे पक्राउ गर्न नसकेको एक प्रहरी अधिकृतले बताउनुभयो । ‘हाम्रै प्रहरी भित्रका सिआरभीमा खटिनेले जुवाडेलाई सूचना दिँदा पेशेवर जुवाडे उम्किएका छन्,’ एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘सूचना प्राप्त हुने बित्तिकै छापा मार्न हामी पुग्छौं, तर हामी पुग्ने अघि नै उनीहरु फरार भइसकेका हुन्छन् ।प्रहरी निगरानीमा रहेका पेशेवर जुवाडेलाई हालसम्म पनि पक्राउ गर्न नसकिएको ति अधिकारीले बताउनु भयो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *