काठमाडौ , ६ कात्तिक ।  तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमति गरेका संघीय समाजवादी फोरम र राजपाले सिट बाँडफाँटकाे टुंगो लगाउने तयारी गेनुभएको हो । राजपासँग आज तालमेललाई टुंगो लगाएर कांग्रेससँग छलफल चलाउने नेता राम नरेश रायले बताउनुभयो ।

उहाँले भन्नुभो, ‘राजपासँग आज टुंगो लाग्छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलमा हिजो पनि छलफल भएको थियो, आज बिहान पनि शीर्ष नेताहरुसहित सिट बाँडफाट लगायत विषयमा छलफल चलिरहेको छ ।’उहाँ फोरमसँग तालमेल टुंगो लागेपछि नेपाली कांग्रेससँग तालमेलका लागि छलफल चलाउने बताउनुभयो। फोरम र राजपाबीच एलाइन्स आज क्लियर हुनेछ । त्यसपछि कांग्रेस नेतृत्वको डेमोक्रेटिक एलाइन्ससँग वार्तामा बस्छौं ।

राजपा र फोरमले कांग्रेससँग ५५ सिट प्रतिनिधिसभामा माग गरेको रायले जानकारी दिनुभयो । उहाँले भनु भो, ‘यो हाम्रो प्रस्तावमात्र हो । त्यसमा छलफल हुन्छ र एउटा टुंगोमा पुग्छौं । तालमेल गर्नुअघि सांगठनिक आधार, प्रदेश २ निर्वाचन परिणाम, उम्मेदवारको व्यक्तित्व र निर्वाचन क्षेत्रमा उठ्ने पार्टीको प्रभावलगायतको आधार हेरिने र त्यसपछि सिटको बाँडफाँट हुने उहाँको भनाइ छ । वाम गठवन्धनले लोकतन्त्र धरापमा परेको भन्दै उहाँले लोकतन्त्र जोगाउन कांग्रेससँग गठवन्धन आवश्यक रहेको रायले बताउनुभयो।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *