Home » खेलकुद » नेइमारलाई रातो कार्ड

नेइमारलाई रातो कार्ड

काठमाडौं,६ कात्तिक।  इन्जुरी टाइममा इडिन्सन काभानीले गरेको गोलको मदतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा मार्सेलिएसँग बराबरी खेलेको छ । पीएसजीले मार्सेलिएसँग २–२ को बराबरी खेल्दा उसका स्टार स्ट्राइकर नेयमारले भने रातो कार्ड पाउनु भएको थिए ।

घरेलु मैदानमा भएको खेलमा मार्सेलिएले १६ औं मिनेटमा लुइज गास्टाभोको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा नेइमारले बराबरी गोल गरनुभयो। ७८ औं मिनेटमा फेरि घरेलु टोलीले अग्रता लियो । उसका लागि थाउभिनले गोल गरे ।

खेलको ८७ औं मिनेटमा पीएसजीलाई झड्का लाग्यो । स्ट्राइकर नेयमारले रातो कार्ड पाए । दुई मिनेटपछि दुई पहेँलो कार्ड पाएपछि उहाँले मैदान छाड्नु परेको थियो ।

तर, ९३ औं मिनेटमा काभानीले गोल गर्दै पीएसजीलाई हारबाट जोगाउनु भएको हो। बराबरीपछि पनि पीएसजी ४ अंकको अग्रतासहित अंक तालिकाको शीर्ष स्थानमा छ । पीएसजीको १० खेलबाट २५ अंक छ भने दोस्रो स्थानमा रहेको मोनाकोको २२ अंक छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...