काठमाडौं, ६ कात्तिक। पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी दर्ता हुँदा वाम र कांग्रेस गठबन्धनबाट जम्मा ९ जना महिलाले मात्र टिकट पाएका छन् । नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको अवस्थामा प्रत्यक्षतर्फ महिलाले टिकट नपाएपछि समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दलहरुलाई आउनेछ । आइतबार भएको उम्मेदवारी दर्ताको आधिकारिक विवरण अनुसार प्रतिनिधिसभामा जम्मा तीनजना महिला उम्मेदवार बनेका छन् ।

भने प्रदेशमा ६ महिला नेतृ भिड्दैछन् । यो तथ्यांक वाम र कांग्रेस गठबन्धनका उम्मेदवारको मात्र हो । मुख्य प्रतिस्पर्धा यहि दुई गठबन्धनबीच हुने निश्चित छ । प्रतिनिधिसभामा कांग्रेसबाट दुई महिलाले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा कांग्रेस नेतृ शरस्वती बजिमय र बागलुङ क्षेत्र नं. १ मा पूर्वसांसद चम्पादेवी खड्का उम्मेदवार हुनुभएको हो ।

प्रतिनिधिसभामा कांग्रेसबाट दुई महिलाले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा कांग्रेस नेतृ शरस्वती बजिमय र बागलुङ क्षेत्र नं. १ मा पूर्वसांसद चम्पादेवी खड्का उम्मेदवार हुनुभएको हो  । प्रदेशसभातर्फ वाम गठबन्धनबाट ५ महिला भिड्दै गर्दा कांग्रेसले एक जना मात्र अघि सारेको छ । वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी ख बाट उम्मेदवार बनाएको छ ।

त्यस्तै मनाङ ख बाट खण्डा लामा गुरुङ एमालेको उम्मेदवार हुनुहुन्छ । माओवादीबाट नुवाकोट १ क मा राधिका तामाङ, गोरखा २ ख मा कमला नहर्की र बझाङ ख बाट देवकी मल्ल उम्मेदवार हुनभएको छ । कांग्रेसले लिलादेवी बोखिमलाई ताप्लेजुङ क बाट उम्मेदवार बनाएको छ । प्रत्यक्षतर्फ पहिलो चरणमा महिला सहभागिता अत्यन्त न्युन भए पनि दोस्रो चरणमा धेरै निर्वाचन क्षेत्र रहेका शहरी क्षेत्रमा महिला उम्मेदवारको संख्या बढ्ने एमाले नेतृ श्रीमाया थकालीले बताउनुभयो।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *