Home » खेलकुद » राज्यकै प्राथमिकतामा परेन क्यानोनिङ

राज्यकै प्राथमिकतामा परेन क्यानोनिङ

काठमाडौं, ६ कात्तिक । अन्नपूर्ण ट्रेकिङ रुटमा पर्ने बेसीशहरदेखि मनाङको चामेसम्म पुग्न पैदल यात्राको समय एक साता हो । यस रुटमा गाडी सञ्चालनमा आएपछि एक दिनमै पुग्न सकिन्छ, चामे । उक्त रुटलाई पुनः एक साताको बनाउन क्यानोनिङ विकल्प हुन सक्छ । तर, सरकारको नजरमा पर्न सकेको छैन, उक्त साहसिक खेल ।सडक सञ्जालका कारण पदमार्ग ध्वस्त हुँदै गएका छन् । पर्यटकको बसाइ छोटिँदै जानुको एक मुख्य कारण हो यो । क्यानोनिङजस्ता ‘एडभेन्चर टुरिजम’को प्रवर्द्धन गर्न सके फरक ढंगबाट पर्यटकको बसाइ लम्व्याउन सकिने विज्ञहरुको राय छ ।

ऐन, नियम अभावमा क्यानोनिङ फस्टाउन नसकेको व्यवसायीहरु बताउँछन् । यसका लागि स्थायी संरचनाहरु नै निर्माण हुन सकेका छैनन् । कार्यविधि अभावका कारण यसमा व्यावसायिकताले प्रवेश पाएको छैन ।कानूनी व्यवस्था अभावकै कारण व्यवसायीहरु लगानी गर्न हिच्किचाइरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका महासचिव तथा क्यानोनिङ एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष कर्ण लामा बताउँनुहुन्छ । भन्छन्, ‘राज्यको ठूलो आम्दानीको स्रोत गुमिरहेको छ। उहाँका अनुसार एक पर्यटकले एक स्थानमा मात्रै क्यानोनिङ गर्दा ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसमा एक भरिया र एक क्यानोनिङ गाइडले पनि रोजगारी पाउँछन् । गाइडले न्यूनतम ३५ सय रुपैयाँसम्म पाउने गरेका छन् ।

त्यसवापत पर्यटकले राज्यलाई १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ११ प्रतिशत कर तिर्छन् । लामाका अनुसार यसका लागि छुट्टै कार्यविधि आवश्यक छ । अहिले एक पर्वतारोहीबराबर पाँच हजार डलरको बीमा गर्नु पर्छ । क्यानोनिङ गर्दा पनि सोही प्रावधान आकर्षित हुन्छ । लामा भन्छन्, ‘बीमा गर्नुपर्छ एक साताको, क्यानोनिङ एक घण्टामै सकिन्छ । अनि, हिमाल यात्राबराबरको खर्च हुने क्यानोनिङतिर को आकषिर्त् हुन्छ त ? देशका करिब १६ स्थानमा अहिले क्यानोनिङ हुने गरेको छ । तर, ती कुनै व्यावसायिक समूहले सञ्चालन गरेका छैनन् । र, व्यावसायिकता नभई स्थानीय बासिन्दाले पनि फाइदा पाउन सक्दैनन् ।

किनकि, काठमाडौंबाट लगिएका गाइडहरुले अहिले पनि दुर्गममा रहेका छहरामा पर्यटकलाई भुलाउने गरेका छन् । लामा भन्छन्, ‘कानुन अभावका कारण यसलाई विधिवत सञ्चालन गर्न सकिएको छैन । राज्य र व्यवसायी दुवैले पर्यटनको यो नयाँ विधाबाट फाइदा उठाउन पाएका छैनन् । बीमा गर्नुपर्छ, पाँच हजार डलरको, क्यानोनिङको खर्च भने ४५ सय रुपैयाँ मात्र हुन्छ, बीमा नगरी क्यानोनिङमा सहभागी हुन्छन्, नेपाली नागरिक क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र लामाका अनुसार यसमा जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । उहाँभनुहुन्छ, ‘आवश्यक नीति नआउँदा व्यावसायिकता आउन सकेको छैन र रोजगारीको ग्यारेन्टी नभएसम्म पर्याप्त जनशक्ति पनि उत्पादन हुने सम्भावना छैन ।

 

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...