६ कार्तिक,निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सवेन्द्र खनाललाई भेटेर ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने सामाग्री हस्तान्तरण गरनु भएको छ ।

अर्जुनले सामाग्री हस्तान्तरणपछि सवेन्द्र खनाल निकै खुशी भएको बताउनुभयो। ट्राफिकसँग ट्राफिक व्यवस्थापनका लागि पर्याप्त सामाग्री नरहेको भन्दै सहयोग गरेको अर्जुनले बताउनुभयो । ३५ वटा ट्राफिक साइन बोर्ड, ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड पाएपछि खनालले यसको सदुपयोग गर्ने बताउनुभएको  थियो ।

कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गर्नुभएको हो । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । कमेडी जनरामा बनेको यो चलचित्रको ट्रेलरले अहिले राम्रै चर्चा पाइरहेको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *