ओनो जापानका उपाध्यक्ष भक्तपुर जिल्लाको सह कोषाध्यक्षमा चयन
अक्टोवर २३,२०१७
फुकुओका,जापान
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवास संगठन प्रवासी नेपाली संगठन ओनो जापानको केन्द्रिय वरिष्ट उपाध्यक्ष सन्तोष सिलवाल भक्तपुर जिल्लाको सह कोषाध्यक्षमा चयन भएका छन् ।
राप्रपाको जिल्ला कार्यसमिति भक्तपुरको २०७४ /०७/०६ मा बसेको बैठकले ओनो जापानका वरिष्ट उपाध्यक्ष सन्तोष सिलवाललाई जिल्ला कार्यसमिति सह कोषाध्यक्ष मनोनित गरेको छ । भक्तपुर जिल्ला कार्यसमिति अध्यक्ष दिनेश श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सुचनामा सिलवालको मिहेनेत ,पार्टीलाइ पुर्याएको योगदानको कदर गर्दै उक्त जिम्मवारी दिएको र उहाको नियुक्तिले पार्टीको उद्देश्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिएको कुरा उल्लेख गरिएको छ ।
ओनो क्युश्यु अध्यक्ष सन्तोष थापाले वरिष्ट उपाध्यक्ष सिलवाल जस्ता कर्मनिष्ठ युवालाई भक्तपुर जिल्ला समितिले गरेको सम्मानजनक र श्रहानिय कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै बधाई ब्यक्त गर्दै उनको कार्यकालको सफलताको शुभकामना ब्यक्त गरे।