काठमाडौं  ५ कात्तिक । जुवा खेलरहिेको अवस्थामा चन्द्रागिरि नगरपालिका-८ गैरीगाउँ मातातिर्थबाट प्रहरीले १४ जुवाडे पक्राउ परेको छ ।महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरीक्षक केशवराज भट्टको कमाण्डमा गएको टोलीले जुवा खालबाट नगद ७५ हजार ८ सय २५ रुपैयाँ र केही कौडा बरामद गरेको छ ।

चन्द्रागिरि-८ गैरिगाउँ मातातिर्थका माधव के।सीको घरमा जुवाको खालबाट प्रहरीको नाममा १२ महिना जुवा खेलाइरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भट्टको कमाण्डमा खटिएको टोलीले छापा मार्दा ३२ जनालार्इ कौडा खेलिरहेको अवस्थामा फेला पारेको थियो । तर, स्थानीयको अवरोधका १४ जना जुवाडेलार्इ मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *