झापा ५ कात्तिक। मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिका-७ बर्नेमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुद्धशान्ति-४ का बालक बिशाल बुढाथोकी छन् । भने मोटरसाइकल चालक स्थानीय २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकी श्रीमति २२ वर्षीय पुजा थापा घाइते छन् ।

राजमार्गमा पैदलयात्रा गर्दै गर्दा मे ६ प ९५०५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बालकको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, ले जनाएको छ ।ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *