मोरङ, २ कात्तिक । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० मा करेन्ट लागेर गएराति एक महिलाको मृत्यु भएको छ ।

घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर ४० वर्षीया ओमकुमारी बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *