Home » भिडियो समाचार » Dhurmu र Manoj Gajurel को धमकेदार देउसी 2074

Dhurmu र Manoj Gajurel को धमकेदार देउसी 2074

काठमाडौं, २ कात्तिक । सिस्नो पानी नेपालले हरेक वर्षझैं यसपटक पनि प्रज्ञा प्रतिष्ठानमा व्यंग्यात्मक देउसी कार्यक्रमको आयोजना गरेको छ ।

वर्षभरी अव्यवस्था र बेथितिविरुद्ध व्यंग्यात्मक देउसीमा सिस्नोपानी नेपालमा सम्वद्ध कविकलाकारहरुले सशक्त आवाज उठाएका छन् । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका नेताहरुमाथि कडा व्यंग्य प्रहार गरिएको थियो ।

देउसीमा नेपाल आयल निगमका प्रमुख गोपाल खड्का, मेडिकल माफिया र अख्तियारका प्रमुखमाथि सिस्नोपानी नेपालका कलाकारले सशक्त विरोध र व्यंग्य गरेका छन् ।

‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ नाम दिइएको यसपटकको देउसी हेर्न प्रज्ञा प्रतिष्ठान दर्शकले खचाखच भरिएको थियो । देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व लगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए ।
सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।

कार्यक्रममा अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ ले मुलुकलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आजको राशिफल बि.स.२०७४ कार्तिक ११ गते । शनिबार ।

आजको राशिफल बि.स.२०७४ कार्तिक ११ गते । शनिबार । ईश्वी सन् २०१७ अक्टोबर २८ तारिख ...