काठमाडौं, २ कात्तिक । शनिबार भाइटीकाको दिन पूर्वी नेपालको एक-दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले शुक्रबार र शनिबार दिउँसोपछि थोरै ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनसुन सकिएकाले काठमाडौं उपत्यकासहित देशभरी नै चिसो बढ्दै गएको छ । मनसुन सकिएको र देशभरी कै न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस सम्म घटिसकेकाले अब चिसो बढ्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार अब विस्तारै अधिकतम तापक्रम पनि घटेर विहान कुहिरो लाग्ने र चिसो बढ्नेछ । योसँगै दिन पनि छोटो हुने मौसमविद् रिमालले बताउनुभयो ।