काठमाडौं १ कात्तिक, । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, हिन्दू धर्मालम्वीहरुले मानवको सेवकको रुपमा घरघरमा कुकुरको पूजा गर्दैछन् ।नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन मानवको रक्षक र आज्ञाकारी जनावरको रुपमा कुकुर मान्छेसाग नजिक रहेको मान्यता अनुसार कुकुर पूजा गरिन्छ ।

अपराध अनुसन्धानका लागि सबैभन्दा उपयुक्त जनावरको रुपमा लिइने कुकुरको पूजा नेपाल प्रहरीले बिशेष रुपमा गरेको छ । नेपाल प्रहरीको महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिक केन्द्रमा अपराध अनुसन्धानका लागि परिचालन गरिने कुकुरहरुको पुजा गरिएको हो ।कुकुर पूजाका अवसरमा अनुसन्धानका क्रममा उत्कृष्ठ ठहरिएका कुकुरहरुलाई बिशेष सम्मान पनि गरिएको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *