Home » भिडियो समाचार » गायक अनिल पहाडीकाे सांगीतिक काेसेलि अभाव बजारमा

गायक अनिल पहाडीकाे सांगीतिक काेसेलि अभाव बजारमा

पोखरा, १ कार्तिक ।  दर्शक श्राेता हरूलाई केही नयाँ साैगात चखाउने क्रममा सञ्चारकर्मी तथा गायक अनिल पहाडीकाे सांगीतिक काेसेलि अभाव बजारमा अाएकाे छ । हिन्दु नेपाली हरूकाे दाेस्राे महान पर्व शुभ दिपावलिकाे अागमन संगै सम्पूर्ण नेपाली हरूलाई शुभकामना व्यक्त गर्दै गित बजारमा अाएकाे हाे ।

२०६८ सालबाट अाैपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका पहाडीले अहिले सम्म अाइपुग्दा अाधा दर्जन भन्दा बढी गितहरूमा अाफ्नाे अाबाज भरिसकेका छन भने गितहरूले चर्चा पनि पाइसकेका छन । यहि क्रममा भर्खरै मात्र पहाडीकाे अाधुनिक गित अभाव बजारमा अाएकाे छ ।

माया छुट्नुमा गल्ती मेराे पनि थियोे
उनको पनि थियोे
अनि साचि तारा र जुनकाे पनि थियो
अाखिर किन जाेडिन्छ धन सम्पति मायामा

मसंग अभाव पैसा र सुनको पनि थियो । बाेलकाे गितमा अशोक गाैतमकाे शब्द, सुरेस सेन्चुरिकाे संगित र अनिल पहाडीकाे अावाज रहेको छ । कृष्ण बाबू पाण्डे, सेन्जल पाैडेल र सुरज साक्यकाे अभिनय रहेको गितकाे छायांकन सम्पादन र निर्देशन मनिस पन्थकाे रहेको छ । ड्रिम्सगेट नेपालकाे प्रस्तुतिमा बजारमा अाएकाे गितकाे छायांकन बुटवल अासपासका क्षेत्रमा गरिएको छ ।सम्पुर्ण टिमले निकै मेहनत गरेर बनाएका छाै श्राेता तथा दर्शकले पहिलेका गित जस्तै माया गर्ने अासा लिएको गायक अनिल पहाडीले बताए ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आजको राशिफल बि.स.२०७४ कार्तिक ११ गते । शनिबार ।

आजको राशिफल बि.स.२०७४ कार्तिक ११ गते । शनिबार । ईश्वी सन् २०१७ अक्टोबर २८ तारिख ...