काठमाडौं ३१ असोज। केही व्यक्ति जागिरमा खुशी नभए पनि आफ्नो जिन्दगी त्यसैमा बिताउँछन् । न्युजिल्यान्डकी अन्ना रोसले भने जागिरप्रतिको असन्तुष्टीलाई सफलतामा बदल्नुभएको छ रोसले २० वर्षको उमेरदेखि नै जागिर थालनु भएको थियो । तर, त्यस क्रममा  रोस कहिल्यै खुशी हुनुभएन । लामो समय काम गर्दा पनि उहाँ सन्तोषजनक तलब पाउनुभएन।

थोरै पैसाका लागि सातामा ९० घण्टासम्म काम गर्नुपर्ने उहाँको बाध्यता थियो । रोस भन्नुहुन्छ, ‘जागिरप्रति असन्तोष मात्रै होइन म आफैं पनि निराश भएकी थिएँ । न्युजिल्यान्डदेखि उहाँ अस्ट्रेलियाका विभिन्न स्थानमा काम गरनुभयो  तर खुशी हुन सक्नुभएन ।जागिरबाट खुशी हुन नसकेपछि  व्यवसायको योजना बुन्नु भो । सुरुवातमा कपडा व्यवसाय रोजनु भो । न्युजिल्यान्ड बसाइका क्रममा उहाँ कपडाको व्यवसाय सुरु गरनुभो । अध्ययनका लागि अस्ट्रेलिया गएपछि भने त्यसलाई निरन्तरता दिन सकनु भएन ।

अस्ट्रेलिया पुगेर फेसनमा स्नातक गर्दै  । र, मेलबर्नमा एक कपडा कम्पनीमा काम थालनु भो ।जागिरबाट आउने तलबबाट  रोस अस्ट्रेलियामा पनि खुुशी हुनुभएन । त्यसपछि उनले पैसा कमाउन व्यवसाय गर्ने योजना भयो। एकैपटक हाम फाल्दा जोखिम हुने देखेर रोसले सुरुमा जागिरबाट बचेको समयमा व्यवसाय गर्ने निर्णय गरनु भो ।

सोहीअनुसार सन् २००९ मा उनले गहनाको व्यवसाय थाल्नुभयो । र, ‘केस्टर ब्ल्याक’को ब्रान्डमा गहना बिक्री गर्न थाल्नु भो ।त्यसबाट  विभिन्न बिलको पैसा तिर्न सहज भयो । सोही क्रममा  नङ पालिस पनि बेच्ने सोच भयो । तर, अरुले उत्पादन गरेको नङ पालिस बिक्री गर्न  तयार रोस हुनुभएन । र, आफैंले उत्पादन गरेर बजारमा पुयाउने सोच भयो ।

तर, त्यो त्यति सहज कुरा थिएन । त्यसकै लागि  लामो समय अध्ययनमा खर्चिइनु भयो । एक हिसाबले अनुसन्धान नै गरनु भयो। अन्ततः एक रसायनशास्त्रीलाई साथमा लिएर नङ पालिसको उत्पादन थालनु भयो ।त्यसका लागि वेबसाइट निर्माण गरनु भयो, जसले उत्पादित सामग्री बजारमा पु¥याउन  सहज भयो । केही समय नबित्दै उत्पादनले बजार ततायो ।

त्यसपछि रोसले जागिर छाडनु भयो । र, सन् २०१२ मा आएर गहनाको व्यवसाय पनि बन्द गरनु भयो । अबको उनको ध्यान नङ पालिसमा केन्द्रित भयो ।तीन महिनामै रोसको व्यवसाय तीन गुणा वृद्धि भयो । ‘केस्टर ब्ल्याक नङ पालिस’ अस्ट्रेलियाको चर्चित ब्रान्ड बनेको छ । उहाको उत्पादन अमेरिका, मलेसिया र जापान पनि निर्यात हुन थालेको छ ।

उहाको  कम्पनीमा स्थायी जागिरे एक जना मात्र छन् !उहाँ सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । र, त्यसलाई व्यापार प्रवद्र्धनको माध्यम बनाउनु भएको छ। मेलबर्नको भित्री क्षेत्रमा रहेको उहँको कार्यालय सातामा चार दिन मात्र खुल्छ ।उहाँभनुहुन्छ, ‘मलाई जोखिम मोल्न मन पर्छ । तर, त्यससँगै त्यो काम गर्न ठूलो शक्ति लगाउँछु अनि सफल बन्छु ।’

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *