कपिलवस्तु, असोज ३१ । कपिलवस्तुका कोहार समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा परेको छ । एक महिनादेखिको परिश्रम र लगानी गरी माटोका भाँडा बनाउँदै आएका कोहार समुदाय आफूहरुले बनाएका सामान बिक्री नभएपछि निराश बनेका छन् ।

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा अत्याधिक खपत हुने माटोका सामाग्रीहरु बिक्नै छाडेपछि कोहारहरुको पेशा संकटमा परेको हो । माटोको सामाग्रीलाई बिस्थापित गरी प्लाष्टिकका झालर, मैनबत्तीप्रति सर्वसाधारणको आकर्षण बढेपछि उनीहरु चिन्तित बनेका हुन् ।तिहारलाई लक्षित गरी एक महिना अघिदेखि माटोका दियो लगायतका सामग्री तयार गरी बसेका कोहार र कसखड जातिहरु यतिबेला निराश बनेका छन् ।

अहिलेको बिक्रीले परिश्रम र ज्याला नै उठाउन मुस्किल परेको उनीहरुको दुखेसो छ । तिहारको बेला बत्ती बाल्न प्रयोग गरिने दीयो, खुत्रुके, गमला, गाग्रीलगायतका सामाग्री अहिले न्यून मात्रामा बिक्ने भएकाले अहिलेको बिक्रीले परिश्रम र ज्याला नै उठाउन मुस्किल परेको उनिहरु बताउँछन् ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *