आश्विन ३१, २०७४-तिहार सिंगो मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यसका केही पौराणिक र केही ऐतिहासिक सन्दर्भ छन् । यमपञ्चकको पहिलो दिन काग तिहार हो । अघिपछि खासै नरुचाइने कर्कस स्वर भएको कालो पक्षी कौवालाई यस दिन महत्त्वका साथ पुजिन्छ । यसो हेर्दा अचम्मै लाग्छ । तर, यसभित्र गहिरो सन्देश लुकेको छ । खासमा कागले मानिसको आदिम समयको संकेत गर्छ ।

आदिम युगमा मानिस फिरन्ते थियो, एक ठाउँबाट अर्काे ठाउँमा डुलिरहन्थ्यो । कौवा पनि त्यस्तै छ, यो एक धुरीबाट अर्काे धुरीमा, एक रूखबाट अर्काे रूखमा र एक गाउँबाट अर्काे गाउँमा सरिरहन्छ । मान्छे पनि पहिला त्यस्तै थिए । कागको अर्काे उपादेयता पनि थियो त्यस युगमा । कौवा सुरुमा का, का, का, का गरेर कराउँछ ।

त्यसपछि कगलग कगलग भनेजस्तो आवाज निकालेर ठाउँ सरेर बस्छ । कागको गतिविधि अलिक नियाल्यो भने यो सोझै देखिने कुरा हो । त्यस युगमा कौवालाई समाचारको बाहक मानिन्थ्यो । ऊ यसरी कराएपछि ‘सुबोल बोल, ठाउँ सारी सारी बस्, शुभ समाचार दे’ भनिन्थ्यो । कौवा दक्षिणमा उडे हानि, पश्चिममा उडे दु:ख, पूर्वमा उडे लाभ र उत्तरमा उडे कीर्ति फैलिने खालको समाचार रहेछ भन्ने विश्वास गरिन्थ्यो । सूचनाको कुनै माध्ययम नै नभएको युगमा हलकाराको भूमिका पाएको कागलाई मानिसले वर्षमा एकपटक पुज्न उपयुक्त ठान्नु ठीकै हो ।

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *