आश्विन ३१, २०७४-नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई बेलायतको अक्सफोर्ड युनिभर्सिटीले मानार्थ डिग्री दिने भएपछि उनी बेलायत आउँदा के उपहार ल्याउने भन्ने द्विविधामा परे । उपहार दिनेबारे छलफल हुँदाहुँदै बनारसका एक जनाले आफ्नो पुस्तकालय नै बिक्री गर्न खोजेको चन्द्रशमशेरले चाल पाए । उनले उक्त पुस्तकालयका सबै पुस्तक खरिद गरी अक्सफोर्ड पठाए ।

चन्द्रशमशेरले पठाएका ३ हजारभन्दा बढी किताब थपिएपछि अक्सफोर्डको लाइब्रेरी युरोपमै संस्कृतका पुस्तकहरूको सबैभन्दा ठूलो LONDON संग्रहालय बन्यो ।हालैको एक साँझ लन्डनस्थित दूतावासमा बुद्ध धर्मका तीन सयभन्दा बढी पुस्तक बेलायती दूतले संकलन गरेको तथ्यदेखि बेलायत नेपाल मित्रता अनि सांस्कृतिक सम्बन्धका अनेक प्रसंग सुनाउँदै थिए, इतिहासविद एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. शंकर थापा । उनका अनुसार, कलकत्तामा पढेका चन्द्रशमशेरको अंग्रेजी भाषामा राम्रो दक्खल थियो ।

भारतमा रहेका बेलायती गभर्नरले लेखेका चिठीमा केही चित्त नबुझे तुरुन्त प्रतिवाद गर्थे उनी । बेलायती साम्राज्यसँग उनको निकै घनिष्ट सम्बन्ध थियो । सुगौली सन्धिबाट आक्रोशित नेपालीको बेलायतसँग सुरुका दिन राम्रो सम्बन्ध हुन सकेन । यही सन्धिको एक प्रावधानअनुरूप बेलायतको दूतावास काठमाडौंमा राखिनुपर्ने थियो । तत्कालीन नेपालका शासकहरूले सहरको बाहिरी भागमा पर्ने लैनचौरमा बेलायती दूतावासखोल्न जग्गा उपलब्ध गराए । बेलायती दूतको बसाइले सशंकित नेपालले लैनचौरनजिक सैनिक ब्यारेकसमेत राखेको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *