रुपन्देही  ३१ असोज। जिल्लाको सैनामैना नगरपालिका सालझण्डीमा दुई सवारी आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । चितवनबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना६ख२४६७ नम्बरको रात्रिबस र युपी ७२के९६८६ नम्बरको भारतीय ट्रक आपसमा ठोक्किँदा १ जना गम्भीर घाइते भएका छन् ।पूर्व–पश्चिम लोक राजमार्गअन्तर्गत सालझण्डीमा बस र ट्रक आपसमा ठोक्किएको जानकारी इलाका प्रहरी कार्यालय सालझण्डीले दिएको छ ।

घाइतेहरुको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा चितवन स्थायी ठेगाना भएका बसचालक शिव कँडेल गम्भीर घाइते छन् । अन्य घाइते यात्रुको अवस्था भने सामान्य रहेको बताइएको छ ।दुई सवारी आपसमा ठोक्किँदा बस र ट्रक दुवैको अगाडीको भाग कुच्चिएको छ । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान लगाएको छ । प्रहरीले भारतीय ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *