धनकुटा ३१ असोज। धनकुटा नगरपालिका-६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को १ प ९८४९ नं.को मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को २ त ३५२१ नं.को ट्र्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाइकलमा सवार गम्भीर घाइते ३५ वर्षीय प्रदीपकुमार राईको धनकुटामा उपचार सम्भब नभएकाले धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *