आश्विन ३०प्रेमकथामा आधारित फिल्म ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २४ देखि प्रदर्शनमा आउन लागेको शंकर कार्की निर्देशित उक्त फिल्ममा मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘रोमियो’ को ट्रेलरमा प्रेम र बिछोडका घटनाक्रम देखाइएको छ । यसै फिल्मबाट ओसिमाले नायिकाका रूपमा डेब्यु गरिरहेकी छन् ।
ताराप्रकाश लिम्बू, सुनील सन्डे, कुर्वान खान, योगेश काजीको संगीत रहेको फिल्ममा अष्ट महर्जनको एक्सन, शिशिर खाती, विपेन गुरुङ, सुरेश न्यौपानेको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, किरण माइकल घिमिरेको लेखन र रामेश्वर कार्कीको छायांकन रहेको छ । आशिका श्रेष्ठको फिल्ममा लगानी रहेको छ ।