तिहारको बेला भारतबाट जनकपुरमा अत्यधिक मात्रामा पटाका भित्रिने भएको दृष्टिगत गरी सीमा क्षेत्रमा कडाई गरिएको छ । हरेक नाकामा कडा सुरक्षा जाँच बढाइएको छ । एक सातामै २ लाख भन्दा बढीको पटाका धनुषा प्रहरीले पक्राउ गरेको जानकारी धनुषाका प्रहरी उपरीक्षक चक्रप्रसाद सिंहले जानकारी दिनु भाको छ । पटाकामा फटाका, रकेट, आलु वम, गाछ,चकर आदि वरमद गरिएको छ । बरामद गरिएको पटाकालाई पत्रकारको रोहवरमा धनुषा प्रहरीले नष्ट गरेको कुरा जनाकारीहुन आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रागंणमा नष्ट गरएको अवसरमा प्रहरीका अधिकारीहरुको पनि सहभागिता  थियो । तिहार र छठको बेला जनकपुरमा दूई करोड भन्दा बढीको पटाका भित्रिने गरिएको। एकसाता पहिलादेखि नै रातीभरी नसुत्ने गरी पडकिने गरिएको। त्यस्ता पटाका पडकाउने कार्य अहिलेपनि जारी नै रहेको छ । जनकपुरको केही चोकमा अहिलेपनि पटाका खुल्ला रुपमा बिक्री भइरहेको छ ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *