तुलसी राम सुवेदी

 कास्की, ३० असोज।  पुतलीबजार ६ टक्सार स्यांग्जा पुरख्यौली घर  हुने नेपालभर छरिएर रहेका सुवेदी बन्धुहरुको भेलाले टक्सार सुवेदी समाज नेपाल नामको संस्था स्थापना गरेको छ ।

सुवेदीबन्धुहरुको टक्सार नुवारमा बसेकोे भेलाले १५ सदस्यीय केन्दिय कार्यसमिति चयन गरेको छ । अध्यक्षमा लिलाधर सुवेदीलाई चयन गरेको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मुक्तिनाथ सुवेदी , सचिवमा तुलसी राम सुवेदी , सहसचिवमा , तारापती सुवेदी , कोषाध्यक्षमा रामचन्द्र सुवेदी, सदस्यहरुमा ईश्वर सुवेदी , रामु सुवेदी , चोलाकान्त सुवेदी , जगत प्रसाद सुवेदी ,हरिषचन्द्र सुवेदी ,राम प्रसाद सुवेदी र हरिकला सुवेदी चयन गरिएको र बांकी सहकोषाध्यक्ष र २ सदस्य पछि क्षेत्रका आधारमा चयन गरिने गरी रिक्त रहेको छ । यसैगरि ९ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ जस्मा प्रजापती सुवेदी, चुडामणी सुवेदी ,कृष्ण प्रसाद सुवेदी , भेषराज सुवेदी , खडकराज सुवेदी , कुल प्रसाद सुवेदी , छवीराज सुवेदी , बुद्धि सुवेदी ( अमेरिका सल्लाहकार) र बिन्दु प्रसाद सुवेदी (जापान सल्लाहकार) लाई चयन गरिएको छ ।

टक्सार सुवेदी समाज नेपालका संयोजक लिलाधर सुवेदीको अध्यक्षता रहेको कार्यक्रमको संचालन तुलसी राम सुवेदीले गरेका थिए । साथै भरखरै निमार्ण सम्पन्न भएको सुवेदी कुल मन्दिरको खर्चको समिक्षा र छिटै बिमोचन गर्नलागिएको सुवेदी वंशावली लगायत बिषयमा छलफल भएको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *