स्थानको अभावमाले ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रचलनका कारण नगर क्षेत्र नै कुरुप देखिन थालेको छ ।
महानगरले पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएको भएपनि सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ । ट्राफिक व्यबस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गदै आएको छ तर पनि हुने खाने नै पार्किङ्ग निषेधित क्षेत्रमा समेत आफ्ना सवारी निर्वाध रुपमा पार्किङ्ग गरेको पाइन्छ ।
विषेश गरी अस्पताल क्षेत्र, उच्च अदालत क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गरिदै आएको छ ।यतिमात्र होइन नगर क्षेत्र भित्र छाडा चौपाय छाडिएका कारण समेत बजार क्षेत्र एव मुख्य सडक क्षेत्रमा सवारी आवगमन प्रभावित हुने गरेको छ ।