पोखरा, २९ असोज । अब विदेश जानु छैन । पैसा कमाउन पाखोबारी काफी छ । ३२ महिना कतार बसेर फर्किएपछि फेरि त्यतै जाने तयारी तयारीमा रहेका सन्धिखर्क–८ का गिरीप्रसाद सापकोटा आफ्नो राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटेका छन् । उनी हाल तरकारी खेती र जर्सी गाई पाल्नमा व्यस्त छन् । ‘सोचेजस्तो रहेनछ विदेश,’ उनले भने, ‘दु:ख गरेर आफ्नै मुलुकमै केही गर्न सकिन्छ । पाखोबारीमा बेमौसमी तरकारी र गोठमा धेरै दूध दिने गाई–भैंसीबाट आम्दानी राम्रो छ ।’

त्यही बारी हो, जुन बेला दु:ख गरेर ६ महिनालाई खान पुग्दैनथ्यो । अहिले उनको बारीमा तरकारीले भरिभराउ छ ।आधुनिक खेती गरेर आम्दानी लिनेतिर उहाँको ध्यान केन्द्रित छ । तीन जर्सी गाई र एउटा भैंसी पालनुभएको  दैनिक १८ लिटर दूध बिक्री गर्नुहुन्छ । दूध प्रतिलिटर ५० रुपैयाँमा किन्न ग्राहक घरमै आउँछन् । बारीमा सिमी, बोडी, गोलभेंडा, मूला, साग, आलुलगायत तरकारी दैनिक बचनु हुन्छ। दूध र तरकारीबाट महिनामा ४५ हजार रुपैयाँ बचत भएको उहाँले बताउहनु भयो । ‘कतारमा यसको आधा पनि कमाइ थिएन,’ , ‘छिमेकी साथीभाइका कुरा सुनेरै गएको हुँ । यहाँ जति दु:ख गर्‍यो त्यति धेरै आम्दानी हुन्छ । अब म विदेश जान्नँ ।’

तरकारी खेती गर्न सिँचाइ सुविधा अभावले त्यति सहज छैन । एक लाख लिटर पानी अट्ने पोखरी छ । वर्षाको पानी संकलन गर्छन् । गाई–भैंसीको पिसाब जम्मा पनि पोखरीमै हुन्छ । ड्रममा बोकेर गहुँत पानीमा मिसाएर तरकारीमा राख्छन् ।

बजारमा दूधको माग बढदो छ । काम गर्ने जनशक्ति भएका परिवारले धेरै र कम भएकाले एउटासम्म गाई पालेका छन् । ‘घरपरिवारसँगै बसेर कृषिबाटै राम्रो कमाइ भएको छ,’‘मिहिनेत गरेपछि पैसा यहीं रहेछ । अब विदेश जान्नँ ।’ राहदानी बाकसभित्रै छ । तर, पौखरी हात पाखोबारीमै छन् । करिब तीन किलोमिटरको दूरीमा सदरमुकाम छ । ‘बजारमा बस्ने मर्निङवाक आउँछन् र तरकारी बोकेर जान्छन्।

गंगाराम भुसाललाई घरमा चामल, खर्च लत्ताकपडा जुटाउँदा ऋण खोज्नुपथ्र्याे । साहुले महँगो ब्याज । एक सय रुपैयाँको महिनामा तीन देखि पाँच रुपैयाँसम्म ब्याज तिर्नुपथ्र्याे । जीवन धान्न धौधौ थियो । ‘समयले परिवर्तन गराउँछ भन्ने यही रहेछ,’  ‘दूध र तरकारीले जमाना फेरियो । दैनिक ८ लिटर दूध र तरकारीको पैसाले परिवार पाल्न सजिलो भएको छ । कतै ऋण खोज्न परेको छैन । दुई–चार हजार खल्तीमा पैसा टुटदैन । अनुसार गाउँमा विदेशबाट फर्किएकाले धेरै मिहिनेत गरेर पाखोबारी र गाई–भैंसीको दूधबाट मनग्य आम्दानी लिएका भएको। आठ/दस वर्षमै गाउँ ऋण मुक्त भएको  तरकारी र दूध बेच्ने कृषक आर्थिक रूपमा समृद्ध भएको उहाले बताउनुभयो  ।

 

 

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *