काठमाडौँ, २९ असोज । बेनी–जोमसोम–कोरला सडक आयोजनाले यस वर्षका लागि सरकारबाट पहायको द ४५ करोड रुपैयाँ खर्च गरिसकेको छ । अन्य आयोजनामा बजेट खर्च हुन नसकिरहँदा शुरुवाति चरणमै उक्त आयोजनाबाटनै बजेट सकिएको हो
नवलपरासीको गैंडाकोटदेखि पाल्पा, बागलुङ हुँदै कोरला जोड्ने उक्त सडक चार सय ३५ किलोमिटरको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले यस वर्षका लागि सरकारबाट पहायको द ४५ करोड रुपैयाँ खर्च गरिसकेको छ । अन्य आयोजनामा बजेट खर्च हुन नसकिरहँदा शुरुवाति चरणमै उक्त आयोजनाबाटनै बजेट सकिएको हो ।उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजना प्रमुख भीमार्जुन अधिकारीका अनुसार यस वर्षका लागि छुट्याइएको बजेट तीन महिनामै सकिएको छ। द्रुत गतिमा काम अगाडि बढेकाले बजेट सकिएको वहा को भनाइ रहेको छ । थप बजेट मागको प्रक्रिया पनि सुरु भएकोकुरा जानकारी भहेको छ।
यो क्षेत्रमा जाडोमा काम गर्न कठिन हुन्छ, वर्षामा पनि पानी खासै नपर्ने हुँदा सहज तरिकाले काम गर्न सकियहेको, जसका कारण बजेट सकिएको कुरा जनाकारी भएको छ।
सुवेदीका अनुसार जोमसोम–कोरला एक सय १० किलोमिटर सडक दुई लेनको बनाउन लागिएको छ । बेनी–जोमसोम ७६ किमिमा भने कालोपत्रेको काम सुरु हुन लागीरहेको छ ।
रकम सकिएसँगै विभागले उक्त आयोजनालाई बजेट थप गर्ने गरेको छ । खर्च भएअनुसार सरकारद्वारा आयोजनामा बजेट थप्दै गहीरहेको हुन्छ । बजेटको अभावमा यस्ता सडकको निर्माण भने रोक्नु पर्ने समस्या छैन ।
सोही करिडोरको राम्दी–मालढुंगा उक्त खण्ड पनि दुई लेनको बनाउन लागिएको छ ।
उक्त सडकमा पर्ने आठ वटा पुल निर्माणका लागि टेन्डरको काम अगाडि बढेको छ । अन्य स्थानमा भने पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको छ ।
गत वर्ष पनि गैंडाकोट–राम्दी–मालढुंगा सडकका लागि २८ करोड ८२ लाख रुपैयाँ छुट्याइएको र। त्यसमध्ये २६ करोड ६९ लाख रुपैयाँ खर्च भएको थियो ।