पथरी २९ असोज, । मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक १० लाख  रूपैयाँ आम्दानी गरिरहेका छन् । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँ स्वदेशमै मेहनत गरेर वार्षिक १० लाखभन्दा बढी कमाइ गरनुभएको छ ।


वि सं २०६१ मा दमक बहुमुखी क्याम्पस झापाबाट बिबिएस उत्तीर्ण गर्नुभएका ढुंगाना आफन्त र नातेदारलाई मात्र होइन पूरै समाजलाई चुनौती दिँदै कृषि कर्ममा होमिनु भएको छ। हामीकहाँ पढेलेखेका व्यक्तिले जागिर खानुपर्छ, पैसा कमाउन युरोप अमेरिका जानुपर्छ भन्ने सामाजिक मान्यता स्थापित हुँदै गएको छ । तर त्यो मानसिकतालाई उहाँले अगाल्नु भएको हो।

ढुंगाना भनुहुन्छ, “साथीभाइ मात्र होइन आफन्त र नातागोताले पनि विदेश जान सुझाउँछन् तर आफ्नो देशमा दुःख, सुख साट्ने परिवार साथमा छ ।”

फेरि विदेशमा पैसाका लागि काम गर्नै पर्छ । व्यवसाय शुरु गर्दा मलिन अनुहार बनाएका बुबाआमा मात्र होइन आफन्त नातागोता र साथीभाइ अहिले खुशी छन् ।

डेरी उद्योगले प्रतिलिटर रु ४८    दूध किनिदिने गरेको छ । अझ गोबर मलबाट झनै राम्रो आम्दानी छ । गोबर प्रतिटिपरको रु १० हजार र प्रति ट्र्याक्टर रु चार हजारले बिक्री हुने गरेको छ ।

वार्षिक रु दुई लाख गोबर मलबाट मात्र आम्दानी हुने उहाँको भनाइ छ । नजिकै पशु प्राविधिक नहुँदा विभिन्न समस्या झेल्नु परेपछि उहाँले आफैँ भेटेनरी शिक्षा अध्ययन गर्नुभएको । अहिले उहाँ गाईलाई लाग्ने सामान्य रोगको आफैँ उपचार गर्नुहुनछ । ढुंगानाको कामलाई उहाँकी पत्नी भावनाले पनि सघाउँदै आउनुभएको छ।

दुई वटा गाईको रु दुई लाख ५० हजार र फार्म निर्माणमा रु २२ लाख खर्चेका ढुंगानाको फार्ममा अहिले रु ५० लाख मूल्य बराबरका गाई रहेका छन् ।

पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानलाई निःशुल्क तालीम तथा परामर्श दिँदै आएको जिल्ला पशु सेवा कार्यालय मोरङले यस वर्षको उत्कृष्ट कृषक घोषणा गर्दै ढुंगानालाई सम्मान गरेको छ । नगद रु पाँच हजारसहित प्रमाणपत्रले सम्मानित भएपछि ढुंगानाको आँट र इच्छा शक्ति अझ बढेको छ  ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *