किन लाए सुर्य खड्काले ४ बजेको आलाराम

१४ अक्टुबर फुकुओका जापान ,

नेपाली गित संगितको बजारमा आफुलाई परदेशी गायकको रुपमा स्थापित गर्न सफल भएका लोकप्रिय गायक तथा प्रदेशी गायक सुर्य खड्काको आवाजमा रहेको नयाँ मर्मस्पर्शी गीत चार बजेको आलाराम सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भएको केहि घण्टा नपुग्दै हजारौंले हेरोको गितले सबैबाट राम्रो प्रशंसा समेत पाएको छ । आवाजको माध्यमबाट सबैलाई जादु छरेका गायक खड्काले यो गीतमा अभिनय समेत गरेका छन उनको अभिनयलाई समेत सबैले मन पराएका छन ।
परदेश हिड्ने अघिल्लो रातीमा
रुँदा रुँदै निदाईथ्यौ छातीमा
चोखो मायाँ दिलमै सिमित
चार बजेको आलाराम लाको थे
तिन बजे नै डाँको छोडि रोईथ्यौ तिमी त ।।।
जस्ता निकै मार्मिक शब्दहरुले गित सुन्ने सबैको आँखामा आँसु ल्याउन सफल भएको छ । सुर्य खड्का र जुना श्रीसको आवाज रहेको सो गीतले घर छोडेर प्रदेशीने नेपालीहरुको पिडालाई कलात्मक रुपले प्रस्तुत गरेको छ ।
गीतमा पछिल्लो समयका लोकप्रिय सर्जक तथा संगीत संयोजक सागर विरहीले लय सिर्जना तथा संगीत संयोजन गरेका छन भने गीतका उत्कृष्ट शव्द सिर्जना प्रकाश गौतम र तिलकराम अधिकारीले गरेका हुन । गीतका सम्पुर्ण पक्ष राम्रो छ । गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन ।

पुरा भिडियो यस्तो बनेकोछ हेर्नुहोस ।

, ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *