काठमाडौं, २७ असोज । शिक्षा मन्त्रालयका कर्मचारी र विद्यार्थीहरुबीच झडप भएको छ ।
शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो ।
कर्मचारीहरुले विद्यार्थीहरुलाई रोकेपछि झडप भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
यस अघि विभिन्न विद्यार्थी संगठनहरुले शिक्षामन्त्री श्रेष्ठलाई बहिष्कार गर्ने र मन्त्रीका कार्यक्रममा अवरोध गर्ने निर्णय गरेका थिए ।