नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ। सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि यसलाई पत्याउनै पर्छ।
कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), मेरो भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हामारा’ लेखिएका थुप्रै संकेत छन्। ती संकेत टोपीको भित्रपट्टि राखिएका छन्।
अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ। आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षैंदेखि प्रयोग गर्दै आएका छन्।