एक अमेरिकी क्षेप्यास्त्र विध्वंसक युद्धपोत दक्षिण चीन सागरमा प्रवेश गरेपछि चीनले कडा शब्दमा त्यसको विरोध गरेको छ। अमेरिकी कदमको विरोध गर्दै चीनले ‘यस्तै उत्तेजनात्मक क्रियाकलाप जारी रहे चिनियाँ सेनाले जल तथा हवाइ युद्धको तयारी बढाउने’ चेतावनी पनि दिएको छ। मंगलबार चेफी नामक अमेरिकी क्षेप्यास्त्र विध्वंसक जहाज दक्षिण चीन सागरको पारासेल टापुनजिकै पुगेको थियो ।
तर आफ्नो नौसैनिक जहाज १२ नाउटिकल माइलभन्दा नजिक नगएको अमेरिकाले बताएको छ।जमिनबाट १२ नाउटिकल माइलभन्दा बाहिरको क्षेत्रलाई अन्तर्राष्ट्रिय जलक्षेत्र मानिन्छ। बुधबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकाले अन्तर्राष्ट्रिय कानुन मिचेको अरोप लगाइन्।