सुशान्त गाहा मगर, पोखरा २५ असोज । दिपावलीको पाबन अबसर पारेर १४ औं संस्करणको मेला हुन लागेको हो ।
“जब युवा अघि बढ्छ, तब देशको बिकास हुन्छ” भन्ने नाराका साथ अन्नपूर्ण गाँउपालिका वडा नं ७ मा सक्रिय रहदै आएको क्लबले आयोजना गर्ने मेला आगामी २९ गते देखी कार्तिक २ गते सम्म चल्नेछ ।
मेलामा गाँउ स्तरीय तथा भेटा«न्स पुरुष भलिबल प्रतियोगीता, छेलो हान्ने, रसि तान्ने, घैटो फुटाउने, मेच घुमाई तथा मकै गन्ने प्रतियोगीता समाबेश गरीएको बताउदै पुरुष भलिबल तर्पm बिजेता टिमले शिल्ड, मेडल, तथा प्रमाण पत्र सहित नगद रु ४०,००० प्राप्त गर्ने क्लबका अध्यक्ष बिकास गुरुङले बताए ।
त्यस्तै उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमश शिल्ड, मेडल, तथा प्रमाण पत्र सहित नगद रु २५,००० र १५,००० हात पार्नेछ भने टिम दर्ता शुल्क रु ३५,०० राखिएको छ ।
त्यसै गरी भेटा«न्स पुरुष भलिबल र रसि तान्ने प्रतियोगितामा बिजेता हुने टिमलाई आकर्षक पुरस्कारको ब्यबस्था गरीएको बताउदै भेटा«न्स पुरुष भलिबल तर्पm दर्ता शुल्क रु २,००० र रसि तान्ने तर्पm रु. १,००० राखिएको मेलाका संयोजक भरत गुरुङले बताए ।
श्री हिमालय माबिको प्राङगणमा हुने मेलाको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँबरले गर्ने बताउदै मेलाको समापनमा प्रमुख अतिथिको रुपमा अन्नपूर्ण गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष घनश्याम चापागाई रहने समेत गुरुङले जनाए ।
गुरुङका अनुसार मेलालाई सफल बनाउनका लागी यातायातको सुबिधा मन बहादुर बिकले दिनेछन भने अतिथिहरुको लागी खानाको ब्यबस्था होटल तोल्काले गर्नेछ । त्यसैगरी मेलामा नगद रु ४०,००० प्रदान गरेर जुम बहादुर आले मगरले मुख्य प्रायोजन गरेका छन ।
त्यसै गरी वडा कार्यालय अन्नपूर्ण गाउँपालिका–७ ले रु. ३०,०००, देउराली आमा समुह तोल्काले रु. २५,०००, बिर बहादुर गुरुङ ले रु १५,०००, राज कुमार गुरुङले रु. १०,०००, अमृत गुरुङले रु. ५,०००, बिश्वमान गुरुङले ५,०००, यम बहादुर गुरुङले रु. ५,००० र डिल बहादुर गुरुङले रु ३,३३३ मेलालाई आर्थिक सहयोग गरेका छन् ।
|
