काठमाडौं,२५ असोज। नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष सरदकुमार गौचनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग पुनः माग गरेको छ ।

अध्यक्ष गौचनको हत्यारा पत्ता लगाई कार्वाही गर्न दवाव आन्दोलन सुरु गरेको महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोषीमाथि कडा कारवाही गर्न सरकारसँग पुनः माग गरेको हो ।

घटना घटेको ४८ घण्टा बित्दा समेत हत्यारालाई पत्ता लगाउन नसक्नु सरकारको ठूलो कमजारी भएको भन्दै महासंघका कार्यबहाक अध्यक्ष विष्णुभाई श्रेष्ठले आक्रोश व्यक्त गरे ।

उनले घटनाका दोषी पक्राउ नपरेसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी पनि दिए । महासंघले अध्यक्ष गौचनको हत्यापछि पनि निर्माण व्यवसायीमाथि धम्की दिने काम नरोकिएको उल्लेख गर्दै निर्माण व्यवयायीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

महासंघले हत्यारालाई पत्ता लगाई कडा कारवाही नगरेसम्म अध्यक्ष गौचनको शव नबुझ्ने निर्णय पनि गरेको छ । कार्यबहाक अध्यक्ष श्रेष्ठले दोषी पत्ता नलगाए देशभरका निर्माण व्यवसायीहरु नेपाल बन्द लगायतको कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिए ।

महासंघले अध्यक्ष गौचनको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै मंगलबारबाटै ठूला आयोजना गल्छी सडक, रानी जमरा, सिक्टा, विरानगर रानी सडक, मध्यपहाडी सडक मार्ग निर्माणको काम ठप्प पारिसकेको छ ।

महासंघले अध्यक्ष गौचनको हत्यारालाई पक्राउ गरी कारवाही गर्न सरकारलाई दवाव दिने उद्देश्यले विहीबार उपत्यकाको माईतीघर मण्डला, कोटेश्वर र कुपन्डोलमा विहान ९ बजेदेखि १० बजेसम्म चक्का जाम गर्ने, शुक्रबार देशभरका राजमार्गमा विहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

महासंघका अध्यक्ष गौचनको गत सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा गोली हानि हत्या गरिएको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *