पोखरा, २५ असोज । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका हिमालय बख्रेललाई आज एक कार्यक्रम गरी नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० ले स्वागत तथा सम्मान गरेको छ ।
शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा परिचयात्मक कार्यक्रमको आयोजनागरी एमाले जिल्ला कमिटीका उपाध्यक्ष मानबहादुर गुरुङ लगायतले बख्रेललाई स्वागत र सम्मान गरेका हुन् ।
कार्यक्रममा एमाले जिल्ला कमिटीका उपाध्यक्ष गुरुङले मंसिर १० र २१ म हुन गईरहेको केन्द्रिय तथा प्रादेशिक निर्वाचनलाई बाम समिकरणले पक्कै पनि राम्रो नतिजा दिने बताउनु भयो ।