काठमाडौं, २५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सह-सचिव देवीप्रसाद वाराकोटीसँग तीन करोड २० लाख रुपैयाँ मागदावी गरेको छ ।

हाल अवकासप्राप्त वाराकोटीले गैरकानूनी रुपमा गतिविधि गरी दुई करोड दुई लाख रुपैयाँ आर्जन गरेको अख्तियारको ठहर छ । उक्त गैरकानूनी रुपमा आर्जित सम्पत्तिबाट थप एक करोड १७ लाख रुपैयाँ आर्जन गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध तीन करोड २० लाख रुपियाँको माग दाबी लिएको हो ।

वाराकोटीले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीको नाममा लुकाएको देखिएको भन्दै ती चल/अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि प्रमिला उप्रेतीलाई समेत प्रतिवादी कायम गरेको छ ।

वाराकोटीविरुद्ध प्रश्नतपत्र छपाई लगायत छात्रवृति वितरण गर्दा घुस/रिसवत लिई अकूत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *