विराटनगर, २४ असोज । मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ ।

मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जली रु एक लाख ५० हजार बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै सुनसरीको इनरुवा–७ बस्ने हेमराज ढुंगानाको गाईगोठमा विद्युत् चुहिई आगलागी हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *